अमेरिकी गृह सुरक्षा विभाग (DHS) ले नेपालका लागि दिइँदै आएको TPS (Temporary Protected Status) अन्त्य गर्ने घोषणा गरेको छ। विभागले जुन ५, २०२५ मा संघीय रजिष्टरमा सूचना प्रकाशित गर्दै भनेको छ कि, नेपालमा अहिलेको अवस्था TPS को कानुनी मापदण्डमा नपर्ने भएकोले यो निर्णय गरिएको हो। गृह सुरक्षा मन्त्री क्रिस्टी नोएम (Kristi Noem) को नेतृत्वमा गरिएको मुल्याङ्कन अनुसार, अब नेपालले TPS कायम राख्नुपर्ने आवश्यक परिस्थिति नरहेको ठहर गरिएको छ।
अन्तिम म्याद: TPS को मान्यता २०२५ अगस्ट ५ को राति ११:५९ बजे समाप्त हुनेछ।
📢 TPS लाभार्थीहरूलाई सूचना: यदि तपाईं हाल TPS अन्तर्गत अमेरिका बस्न पाएका नेपाली हुनुहुन्छ भने, र तपाईंलाई अमेरिकामा बस्नका लागि अन्य कानुनी आधार छैन भने, नेपाल फर्कने तयारी गर्नु पर्नेछ।
यात्राको लागि तपाईं CBP Home मोबाइल एप प्रयोग गर्न सक्नुहुन्छ।

TPS भनेको के हो?
TPS (Temporary Protected Status) भनेको अमेरिका सरकारले केही विशेष देशका नागरिकहरूलाई दिएको अस्थायी सुरक्षा स्टाटस हो, जसले गर्दा उनीहरूलाई अमेरिकामा कानुनी रूपमा बस्न, काम गर्न,र देश निकाला (deportation) बाट सुरक्षा प्राप्त हुन्छ।
TPS निम्न अवस्थामा अमेरिकी सरकारले प्रदान गर्छ: युद्ध (armed conflict) भएको देश, प्राकृतिक प्रकोप (जस्तै भूकम्प, बाढी) महामारी, राजनीतिक संकट, वा मानवीय संकट तर नेपाललाई TPS सन् 2015 को महाभूकम्प पछि दिइएको थियो।
