
युट्युब च्यानल Click Nepal मार्फत नयाँ सेलो गीत “चनौटेको बजारमा” यहि आउँदो २०७९ असार ८ गते, आइतबार दिउँसो ४ बजे सार्वजनिक हुँदैछ। यो गीत सिर्जना थिङको प्रस्तुतिमा तयार पारिएको हो, जसमा गायक पवन राज स्याङ्बो र गायिका सुमिन लोको सशक्त स्वर रहेको छ।
गीतमा ईचोक हेलम्बु क्षेत्रबाट नृत्य कला प्रस्तुत गर्दै मेन्दो पेमाको पनि विशेष उपस्थिति रहेको छ, जसले भिडियोमा सांस्कृतिक र स्थानिय सौन्दर्य थप्ने विश्वास गरिएको छ। भिडियोमा गायक पवन राज स्याङ्बो र सिर्जना थिङसँगै मेनदो पेमा पाख्रिन र सुनिल मोक्तानको पनि अभिनय देख्न सकिनेछ।
यो सेलो गीतमा शब्द रचना युबराज लामाको, संगीत अमृत लामाको, एरेन्ज नोरबु शेर्पाको, र मिक्सिङ अर्पण थिङले गरेका छन्। गीतको सम्पूर्ण निर्माण टोलीले गीतलाई सांगीतिक स्वाद र दृश्य सौन्दर्य दुवैको सन्तुलन मिलाएर तयार पारेको जानकारी दिएको छ। Click Nepal युट्युब च्यानलमा सार्वजनिक हुने यो गीतले विशेषगरी तामाङ सेलो संगीतप्रेमीहरूलाई लक्षित गर्दै आधुनिक प्रस्तुति सहित सांस्कृतिक पहिचान झल्काउने प्रयास गरेको छ।
सिर्जक तथा प्रस्तुतकर्ताहरूले सबै दर्शक–श्रोताहरुलाई आइतबार ४ बजे Click Nepal मा “चनौटेको बजारमा” हेर्न र सेयर गर्न अनुरोध गरेका छन्।