
न्यूयोर्क, अमेरिका — मगर संघ अमेरिका, न्यूयोर्क च्याप्टरको पाँचौँ अधिवेशन हालै भव्यतापूर्वक सम्पन्न भएको छ। अधिवेशनले नयाँ कार्यसमिति चयन गर्दै श्री रत्न सिंह गर्बुजा मगरलाई अध्यक्ष पदमा निर्विरोध निर्वाचित गरेको छ।
त्यसैगरी, सचिव पदमा श्री दिलीप कुमार मगर, सह-सचिव पदमा श्री दिपेन्द्र आले मगर निर्वाचित हुनु भएको छ। नवगठित कार्यसमितिमा विभिन्न जिम्मेवारीमा सदस्यहरू निर्वाचित भएका छन्, जसले आगामी कार्यकालमा संस्थालाई अझ सशक्त, समावेशी र समाजमुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
नयाँ कार्यसमितिका सबै सदस्यहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।

अधिवेशनमा मगर समुदायका अगुवा, समाजसेवी, बुद्धिजीवी तथा युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा मगर संस्कृतिको प्रवर्द्धन, भाषा, पहिचान र सामाजिक एकताका विषयमा गम्भीर छलफलसमेत गरिएको थियो।
संस्थाले समाजसेवाको माध्यमबाट प्रवासी मगर समुदायबीच एकता, सहकार्य र पहिचानको संरक्षणलाई मुख्य लक्ष्य बनाउने बताइएको छ।